नेपालको समृद्धिको उचाइ— सगरमाथाको उचाइ बढ्दै जाओस् «

नेपालको समृद्धिको उचाइ— सगरमाथाको उचाइ बढ्दै जाओस्

विश्वका विभिन्न देशका आ–आफ्ना विशेषताहरू रहेका छन् । सोमध्ये नेपाल पनि एक विशेष देशको नामले स्थापित बनिसकेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र विभिन्न विविधताले युक्त देश नेपालको आफ्नो महत्व रहेको छ । त्यसैले त नेपाल घुम्न आउने विदेशीलाई यहाँका मनमोहक दृश्य जति हेरे पनि अपुग नै हुन्छ रे ! यस्तो पृथक् विविधताले युक्त देश नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका प्रतीक भगवान् गौतम बुद्वको जन्मस्थान र प्राचीन कालका भगवान्हरूले राज्यारोहण गरी इतिहासलाई चिनाउने देश नेपालको उच्च शिरका विशेषताहरू पर्छन्, जसले विश्वसामु चिनाउने बलियो आधार तयार पारिसकेको छ । आधुनिक २१ औं शताब्दीको कुरा गर्नुपर्दा नेपालले इतिहासमा रचिएका ती बहादुरीका छापलाई आर्थिक समृद्धिको पाटोमा भने बलियो छाप बनाउन अझै पनि सकेका छैन । भर्खरै मात्र सर्वाेच्च शिखर सगरमाथाको उचाइ बढेको खबर नेपाल र आमनेपाली जनताका लागि खुसीको कुरा हो । यसले नेपालको अझ बढी मान, प्रतिष्ठा र इज्जत बढाएको छ । सोहीअनुसार नेपाल सरकारले पनि काम गर्न जरुरी देखिएको छ ।
प्रकृति एउटा उपहार मात्र नभएर अवसर पनि हो । आगामी दिनहरूमा सरकार तथा सम्बन्धित निकायले प्रकृति र आर्थिक समृद्धि यी दुई पाटोलाई सँगसँगै अगाडि लानका लागि अनुरोध गरिन्छ । नेपालमा यस्ता ठाउँहरू छन्, जसले प्राकृतिक सौन्दर्यका साथसाथै सुमधुर पर्यटकीय गन्तव्यहरूको गतिलो स्रोत बन्दै गरेका प्रशस्त उदाहरणहरू छन् । सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघाजस्ता हिमाली क्षेत्र प्राकृतिक सौन्दर्यका साथसाथै आर्थिक समृद्धिका गतिला स्रोतसमेत बनेका छन् ।
वर्तमान समयमा देखिएको राजनीतिक संक्रमणले देशको आर्थिक समृद्धिका क्षेत्रहरू बन्द हुने अवस्था सिर्जना हुने देखिएको छ । दलगत स्वार्थ र व्यक्तिवादी सोचले गर्दा देशको आर्थिक समृद्धिका पाइलामा दिनानुदिन धक्का लागिरहेको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धन गर्न तत्कालीन र दीर्घकालीन नीति तथा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको छ ।
अन्त्यमा, सगरमाथा देशको गहना हो । यसको तत्कालीन र दीर्घकालीन समस्या समाधान गरी प्रशस्त पर्यटकीय गन्तव्यहरूको सिर्जना गरेर बढीभन्दा बढी आर्थिक समृद्धिका क्षेत्रहरू पहिचान गर्दै स्वदेशी तथा विदेशी पर्यटन प्रवद्र्धन गरी घुम्न, मनोरञ्जन गर्न आउने वातावरणको सिर्जना गराई मुलुकलाई पर्यटकीय क्षेत्रको माध्यमबाट नयाँ गन्तव्यमा पु-याउन सकिन्छ । मुलुकलाई पर्यटकीय गन्तव्यको क्षेत्रबाट समृद्धिको गतिलो स्रोतको पहिचान गराउन सकिन्छ । यसतर्फ सम्बन्धित नियमनकारी निकायले ध्यान पु-याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्