अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता «

अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं- अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बिमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवाप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।

प्रतिक्रिया दिनुहोस्