प्रधानमन्त्रीद्वारा हिमाल आरोहीलाई बधाई «

प्रधानमन्त्रीद्वारा हिमाल आरोहीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताए ।
मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता हुनुभएका निर्मल पुर्जालगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए । प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताउनुभयो । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाइ छ ।
माउन्ट केटुका आरोही निर्मल पुर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताए । माउन्ट केटु आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनको भनाई छ । १० जनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट केटु हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्