कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै : कूटनीतिक विज्ञहरू «

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै : कूटनीतिक विज्ञहरू

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै गएको कूटनीतिक विज्ञहरूले बताएका छन् । युनिर्भसल पिस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौती र अवसरहरू विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुवै कोरियाका नागरिकहरूले समान संस्कार र संस्कृति अँगालेको बताए । उनले दुवै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन भए विश्वमा सकारात्मक सन्देश जाने बताए । उनले यस्तो प्रकारको कार्यक्रममार्फत दुवै देशलाई शान्तिपूर्ण एकीकरण गर्न सहजता प्रदान गरेकोमा यूपीएलाई धन्यवाद दिए ।
नेपालका लागि प्रान्सका लागि पूर्वनेपाली राजदूत मोहन कृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लाथि २०१८ मा भएको ओलम्पिक खेलले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउँदै अहिले दुवै देशले एकीकरणको अभियान सुरु गरेको बताए । दुवै देशका राष्ट्र प्रमुखहरूले २०१८ भेटेर सम्बादहिनताको बाटोलाई तोडेको उनको भनाई थियो । उनले दुवै देशले एक अर्कालाई बिश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अमेरिकाका लागि पूर्व राजदूत डा. शंकर शर्माले पहिले दुबै देशलाई द्वन्द्वले टुक्राएको बताउँदै शान्तिपूर्ण पुनर्मिलन बाहेक अर्को विकल्प नभएको बताए । दुवै देशको प्रतिव्यक्ति आएमा ठूलो अन्तर रहेको बताउँदै दुवैमिले आर्थिक उन्नतिमा बिश्वको दोस्रो राष्ट्र हुने सम्भावना आफूले देखेको बताए ।
कार्यक्रममा स्टडी फोरम फर सेल्फ रिलायन्स नेपालका अध्यक्ष सुभाषकाजी श्रेष्ठले पछिल्लो समय दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरूको विकास भएको बताउँदै दुवै देशका राष्ट्र प्रमुखले २०१८ मा भेटेर एकीकरण हुन सक्ने आशा पलाएको बताए । अमेरिकी तत्कालीन राष्ट्रपति ट्रम्प र उतरकोरियाली सर्बोच्च नेता किमको भेटले पनि शान्ति प्रतिको राम्रो सन्देश गएको बताए । उनले कोरिया एकीकरणको अभियान बिस्तारै सम्भव हुने बताए ।
युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनका लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकीकरण विस्तारै सम्भव बन्दै जाने बताए । अध्यक्ष ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रममार्फत कोरियाली प्रायदिपको पुनर्मिलनलाई सहयोग गर्ने बताए ।
कार्यक्रम सञ्चालक यूपीएफ नेपालका उपाध्यक्ष सन्तोषकुमार पौडेलले कोरियाली पुनर्मिलन प्रक्रियामा यूपीएफ र फादर मुनले खेलको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए । सो अवसरमा पूर्वसांसद गीता राणा बिश्व हिन्दु महासंघका महासचिव केशवप्रसाद चौलागाईं, पत्रकार दीपक आचार्यलगायतले बोलको थिए ।

प्रतिक्रिया दिनुहोस्