सामसङ डिजिटल प्लाजा अब गाईघाटमा «

सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

हिम इलेक्ट्रोनिक्स नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।
सामसङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्सले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम कालिका सप्लायर्स् एण्ड ट्रेडर्स्को उद्घाटन गरेको छ ।
सामसङ प्लाजाले आफ्ना ग्राहकलाई विभिन्न तरिकाहरू मार्फत सुविधा पु¥याइरहेको छ । नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, “हामी हाम्रो नयाँ सामसङ डिजिटल प्लाजा उदयपुरको गाईघाटमा सुरु गर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।”
सामसङ डिजिटल प्लाजामा सामसङका अविश्वसनीय दायराका सबै उत्पादनहरू–एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन् ।
यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्