डेबिट कार्ड लिन अनलाइन आवेदन दिन सकिने «

डेबिट कार्ड लिन अनलाइन आवेदन दिन सकिने

एनआइसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणाली सुरु गरेको छ ।
ग्राहकले जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरेर नयाँ डेबिट कार्डको आवेदन भर्न सक्छन् ।
ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भनेर बैंकले आफ्नो वेबसाइटमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड भर्न सकिने व्यवस्था मिलाएको हो ।
यो बैंकको ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्