राजस्व संकलन गर्न राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र आइएमई पेबीच सम्झौता «

राजस्व संकलन गर्न राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र आइएमई पेबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नका लागि सम्झौता भएको हो ।
त्यस्तै, त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरूले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने बताइएको छ ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरूलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्