Logo

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १०.२६ लाभांश दिने

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा आर्थिक वर्ष २०७६-७७ को २३ औं वार्षिक साधारणसभा सम्पन्न भयो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भयो
यसै साधारणसभाबाट संस्थापक समूह “क” बाट तीन (३) जना र सर्वसाधारण समूह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारणसभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षचयन गरेको छ । समूह “क” बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र इमानसिंह लामा निर्वाचित भएका छन् भने समूह “ख” बाट चन्द्रप्रसादबास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।
साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयरपश्चात यस बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० रुपैयाँ पुग्नेछ ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटीएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७६-७७मा ७९अर्ब ६१ करोड ७० लाख रुपैयाँ निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ कर्जाप्रवाह गरी खुदनाफा रु. १ अर्ब १० करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्