वडा र स्वास्थ्य केन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण «

वडा र स्वास्थ्य केन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण

दानबहादुर बूढा

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रका भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ ।
छायाँनाथ रारा नगरपालिका–८ शिवनगर ढोटुमा निर्माण सम्पन्नभएका दुई भवन आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालय भवन र गत शुक्रबार र वडा नं ९ मुर्मामा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य केन्द्र गत मंगलबार छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले उद्घाटन गरी भवन सम्बन्धित वडा कार्यालयलाई हस्तान्तण गरिएका छन ।
अहिले निर्माण सम्पन्न भएका वडा नं ८ र ९ वडाका वडा भवन र आधारभूत स्वास्थ्य केन्द्र वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । बाँकी वडा निमार्णधिन अवस्थामा रहेकाले निर्माण सम्पन्न पश्चात् भवन पनि वडा कार्यालयलाई हस्तानण गरिने नगर प्रमुख हरिजंग शाहीले बताए छन् ।
प्रमुख शाहीका अनुसार नगरपालिका भित्रका प्रत्येक १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिने छन ।
नागरिकको सेवा र स्वास्थ्यको सहज पहुँचका लागि छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका प्रत्येक वडामा ४५ लाख बराबरको वडा कार्यालय भवनतथा ३८ लाख बराबरको आधारभूत स्वास्थ्य केन्द्र निमार्ण भइरहेका छन् ।
अहिले निर्माण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र भवन मात्र वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । बाँकी निर्माणधीन अवस्थामा छन् ।
घरको आँगनमै स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालाका–८ र ९ का स्थानीयअब बिरामीलाई उपचारमा सहज हुने भएको हुँदा निकै खुसी भएका छन् ।
सामान्य बिरामी भए घण्टांै हिँडेर जिल्ला अस्पताल ठिनी मा जानुपर्ने बाध्यता हटेको भन्दै सबै स्थानिय वडा मासिको मुहारमा खुसी छाएको छ ।
भवन निर्माण गरेर मात्र भएन स्वास्थ्य केन्द्रमा हुनुपर्ने औषधी नियमित स्वास्थ्यक्रर्मी अन्य उपकरणको समेत नियमित र व्यवस्थित गर्न गर्नु पर्ने नागरिककामा आउने सेवा र सुविधाका निम्ति वडा कार्यालयले पनि नगरपालिकासँग समन्वय गरी उपलब्ध गराउनु पर्ने देखीएको छायानाथ रारा नगरपालिका–९ का स्थानीय पाथ्य रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्