डेढ किमी पिच,४९ किमी ग्राभेल र १५६ किमी सडक स्तरवृद्धि «

डेढ किमी पिच,४९ किमी ग्राभेल र १५६ किमी सडक स्तरवृद्धि

कर्णालीको भौतिक प्रगतिः
जुम्ला
-कर्णालीको भौगोलिक विकटतालाई मध्यनजर गर्दै सडक पूर्वाधार विकासलाई प्राथमिकता दिएको कर्णाली प्रदेश सरकारले वर्षमा १८ सय मिटर सडक मात्र कालोपत्रे गरेको छ । भौतिक मन्त्रालयको आव २०७६-७७ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षको अवधिमा जम्मा १ हजार ८ सय मिटर सडक मात्रै कालोपत्रे भएको हो ।
मन्त्रालयका अनुसार सुर्खेतमा ७ सय २० मिटर सडक कालोपत्रे भएको छ । साथै प्रदेश सरकारकै लगानीमा रुकुम (पश्चिम) मा ११ सय मिटर सडकमा कालोपत्रे गरिएको छ । भने, गत आवमा दुई जिल्ला बाहेक प्रदेश सरकारको लगानीमा कर्णालीका अन्य जिल्लामा कालोपत्रे भएन् ।
सडक कालोपत्रे गर्ने प्रगतीमा मन्त्रालयभन्दा जिल्लाले बढी गरेको पाइएको छ । जुम्लामा गत आवमा करिब १२ किलोमिटर सडक कालोपत्रे, ४ किलोमिटर सडक किलिमिक्स कालोपत्रे,र ८ किमी सडकसफ्रे डे«सिङ गरेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । उनका अनुसार १२ किमी ग्राभेल,३० किमी सडक स्तरवृद्धिसमेत गरिएको थियो ।
राजर्मासँग जोडिएका जुम्लाका दुर्गमबस्ती तातोपानीको जर्मी, रावतवाडा, तिलाको नाग्म हुँदै जुम्ला तर्फमको डेढ किमि सडक, रारालिहि बजार, त्रिवेणी बजार, सडक कालोपत्रे भएका छन् । यही तथ्यांकलाई हेर्ने हो भनेपनि सबै जिल्लाको भौतिक प्रगति विवरण मन्त्रालयको भन्दा बढीनै छ ।
४९ किमी सडक ग्राभेल
प्रदेश सरकारले गत आवमा प्रदेशभरीमा करिब ४९ किमी सडक मात्रै ग्राभेल गरेको प्रगति विवरण मन्त्रालयले वईभसाइटमा उल्लेख गरेको छ । जसअन्तर्गत सुर्खेतमा १२, जुम्लामा साढे एक, दैलेखमा साढे दुई, सल्यानमा ७ र रुकुम पश्चिममा २६ किलोमिटर गरी कुल ४९ किलोमिटर सडक ग्राभेल गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
सडक पूर्वाधारलाई पहिलो प्रथामिकता दिएको कर्णाली सरकारले लक्ष्य अनुसार प्रगती गर्न नसकेको नागरिक अगुवाको विश्लेषण छ । प्रदेश सरकारले कालोपत्रे, ग्राभेल, स्तरवृद्धि गरिएको भनेर प्रगति विवरणमा उल्लेख गरिए पनि यसलाई प्रगतिभन्दा काम गरेको मात्रै भन्न मिल्लेसमेत नागरिक अगुवा राज बहादुर महतले बताए ।
१५६ किमी सडक स्तरोन्नति
गत आवमा कर्णालीका ६ वटा जिल्लामा गरी प्रदेश सरकारले १ सय ५६ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । तथ्यांक अनुसार सुर्खेतमा १ सय १०, जाजरकोट ३ मुगुमा ३, जुम्लामा ६, कालीकोटमा २९ र सल्यानमा ५ किलोमिटर गरी प्रदेशभर १ सय ५६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ भने करिब ४ सय किमि नयाँ सडक खनेको छ ।
गत आवमा प्रदेशभर ३ सय ८१ किलोमिटर नयाँ सडक निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेशका १० जिल्लामध्ये प्रदेश सरकारले दैलेख र रुकुम पश्चिममा सबैभन्दा बढी अर्थात ७३÷७३ किमि नयाँ सडक निर्माण गरेको छ । त्यसैगरी सल्यान र जाजरकोटमा पनि समान ५०÷५०, हुम्लामा साढे १४, कालीकोटमा १४, दैलेखमा साढे दुई, जुम्लामा ४५ र सुर्खेतमा २५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ ।
यस्तै,१६ वटा पक्की पुल र २७ किलोमिटर नालीसमेत निर्माण भएको छ । सडक पूर्वाधारको विकासबिना कर्णालीको समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै प्रदेश सरकारले चालु आवमा पनि प्रर्वाधार विकासलाई प्रथामिकता दिएको मुख्यमन्त्रीका प्रेश सल्लाहकार धुर्ब बुढाथोकीले बताए । उनका अनुसार चालू आवमा पनि जनता सडक कार्यक्रमक निरन्तरता दिने र त्यसका लागि१ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ भने चालु आवमा यातायाततर्फ कुल ५ अर्ब ७९ करोड रुपैयाँ छुटाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाि मुख्यमन्त्रीले सम्हाली छन् ।

प्रतिक्रिया दिनुहोस्