माघ २७ देखि पोखरामा टाइगर कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता हुने «

माघ २७ देखि पोखरामा टाइगर कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता हुने

प्रतियोगिताबाट ३० लाख आम्दानी गरी ५ लाख बचत गर्ने लक्ष्य
पोखरा
-कोरोनाबाट प्रभावित भएको खेलकुद क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले पोखरा रंगशालामा यही माघ २७ देखि टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०७७ हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा फागुन १ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ तीन-तीन विभागीय टोली सहभागित हुने भएका छन् । महिला भलिबलतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाडौं छन् भने काठमाडौंको न्यू–डायमन्ड एकेडेमी बिच राउण्ड रोविनका आधारमा लिग हुने भएको ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । गण्डकी प्रदेशबाट महिला टिम किन नभएको भन्ने प्रश्नमा अध्यक्ष शर्माले भलिवलको -याङकिङ ४ टिम प्रतियोगितामा सहभागिता गराएकोले गर्दा प्रदेशको टिम सहभागिता गराउन नसकिएको जनाए ।
त्यसै गरी पुरुषतर्फ भने गण्डकी प्रदेश सहभागी हुने भएको छ । प्रतियोगितामा प्रदेश सहित तीन विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाडौं छन् । प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेस्रो हुनेलाई ३५÷३५ र सान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने महिला तथा पुरुषतर्फका एक÷एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र ५ लाख प्रतियोगिताबाट बचत गरी ग्रुपले सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको प्रचार संयोजक तथा आवास संयोजक रामकृष्ण ज्ञावालीले बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका ज्ञावालीले पोखरामा यस्ता खेलकुद हुनुले थोरै भए पनि खेलकुद चलायमान हुने जनाए ।
प्रतियोगिता अवलोकनका लागि दर्शकहरूले लिगको खेल अवलोकन गर्दा एक सय रुपैयाँ, सेमिफाइनलको खेल अवलोकन गर्दा १ सय ५० रुपैयाँ र फाइनल खेल अवलोकन गर्दा भने २ सय रुपैयाको टिकट काट्नु पर्ने भएको अध्यक्ष शर्माले जनाए । नेपाल भलिबल संघको समन्वयमा, पश्चिमाञ्चल भलिबल संघको संयोजन,पोखरा महानगरपालिकाको बिषेश सहयोग र सफल दूधको सहयोगमा उक्त प्रतियोगिता हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
ग्रुपका सदस्य चक्रप्रसाद गौचन(खगेन्द्र)लाई विरेठाँटी माविको अध्यक्ष जस्तो पदमा चयन भएको भन्दै ग्रेपले सम्मान पत्रको साथमा दोसला ओढायर सम्मान गरेको अन्तर्राष्ट्रिय भलिवल रेफ्रि टहलसिंह थापाले बताए । पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको पिपल्स च्वाइस विधामा उपाधि जितेकी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही भने न्यू डाइमण्डबाट मैदानमा उत्रिने भएको भलिवल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जनाए ।

प्रतिक्रिया दिनुहोस्