मिठो उखुको तितो कथा, फेरि ठगिए किसान, पाएन तोकिएको समयमा भुक्तानी

राधेश्याम कुशवाहा
सर्लाही– नेपाललाई कृषि प्रधान देश भनिए पनि यहाँका किसानहरू आफूले सालभरी मेहनत गरेर उब्जाएको बाली बिक्री पछि पैसा लिनसमेत आन्दोलन गर्नुपरेका छन् । सरकार, उद्योगी र राजनीतिक दलहरूबाट पटक–पटक ठग्दै आएका किसानहरूको घाउमा मलहम लगाउन कोही आएन । चुनावको समयमा ठूल–ठूला भाषण गर्ने हाम्रो राजनीतिक दलहरू सत्ताको पदका लागि दिनहुँ सडक आन्दोलनमा छन, तर किसानहरूको लागि बोलिदिने कोही अघि आएन । किसानहरूले उखु खेतीको पैसा नपाउने डरले सर्लाहीका उखु किसानहरू विस्थापति हुनुको बाली उखु नै छोडी अरु बाली लगाउन थालेका गोडैता नगरपालिका–२ निवासी रंजितकुमार सहनीले बताए ।
आर्थिक बर्ष २०७१ ७२ मा अन्नपूर्ण मिलमा १९३ क्विटन्टल ७३ किलो उखु बेचेका सहनिले भुक्तानी पाउनुपर्ने पैसा ६८ हजार ५ सय रुपैयाँ बाँकी अहिलेसम्म पनि नपाएको गुनासो गरे । रासायनिक मलखादको चरम अभावबीच ऋण कारेर उखु खेती गरेका थियौं। उखु मिलमा पु¥याउनका लागि पनिमजुदर र उखु ढुवानीको रकम साहू महाजनसँग चर्काे मूल्यमा ऋण लिएर नै दिए । तर, मिलबाट एक रुपैयाँ पनि भुक्तानी नपाएपछि आफू पाँच÷सात लाखको मोटो ऋण डुबेको बोल्दै आँखबाट आँसुबाट झरे । समयमा भुक्तानी नपाएपछि आफ्नो परिवारको सडकमा आउनुको साथै परिवारको खान लाउनमा समस्या भएको दयनिय भएको बताए । सोही आर्थिक बर्षकै ७१ हजार बाँकी रहेका रौतहटको लक्ष्मीपुर निवासी राम साहको कथा पनि उस्तै छन् । समयमा भुक्तानी पाउने आशामा साहू महाजनसंग चर्काे मूल्यमा ऋण लिएर छोरीको बिहे गरे । मधेसमा छोरीको बिहेको मोटो दाइजोको मार पर्याे तर समयमा भक्तानी पाएन । साहु महाजनसंग चर्काे मूल्य र मिठो उखुको तिता कथाका कारण उनी उखु खेती गर्न समेत छोडिदिए तर साहू महाजनको चर्काे ब्याज झन चर्काे हुँदै गयो । मोटो ऋणका कारण उहाँको परिवारको अवस्था एकदमै दयनीय हुन पुग्यो । समयमा भुक्तानी नपाएपछि परिवार चलाउन र छोराको पढाइमा समयमा हुन पुगेको अर्का उखु किसान विजयकुमार साहले बताए । आर्थिक वर्ष २०७४ ७५ कै अन्दाजी १ लाख बाँकी रहेको बताउँदै छोरालाई उच्च शिक्षाका लागि चरिकोट पठाएपनि भुक्तानी नपाउदा चर्काे मूल्यमा ऋण काढेर छोराको पढाइका लागि पैसा पठाउँदै आएको गुनासो गरे ।
उखु किसान संघर्ष समितिका केही अगुवाहरू पैसाको लोभ लालचमा परेर गोप्य रुपमा सहमति गर्याै । घरबाट चर्काे ब्याजमा ऋण कारेर काठमाडौं पुगेर कठयग्रिएको जाडोमा १६ दिनसम्म आन्दोलन गरेका किसान साथी समेत गमाए र तर सहमति भएपनि भुक्तानी पाएन ।
आन्दोलनको क्रममा कतिपय किसान संघर्ष समितिका केही अगुवाहरू पैसा र लोभको लालचमा गोप्य रुपमै उद्योगीसंग सहमति गरी किसानहरूलाई धोका दिएको उखु किसान सतेन्द्र ठाकुरले बताए । आन्दोलनको क्रममा विभिन्न मनकारी व्यक्तिबाट पाएका न्यानो कपडा, राहत तथा आर्थिक सहयोगमा पनि केही किसान अगुवाहरू अनियमितता गरेर आफ्नो गोजी भरे तर गरिब सोझा साझा किसान रित्तोहात घर फर्केको बताए । हामीसंग किसानहरू ऋण काढेर काठमाडौंमा आन्दोलनका गएको अर्का किसान मुकेश ठाकुरले बताए । तर, उपत्याकाको जाडोमा १६ दिनसम्म आन्दोलन पनि गरे । तर, सरकार र उद्योगीहरू उखु किसानहरूसँग छल गर्दै २१ दिनभित्रमा भुक्तानी दिनुपर्ने समहति गराएपनि २४ दिन पनि बित्न लाग्दा पनि अधिकांश उखु किसानले भुक्तानी नपाएको गुनासो गरे ।