Logo

पीसीआर मेसिन सञ्चालनमा आएन

महेन्द्रनगर-कोरोना भाइरस परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरेर महाकाली अस्पताललाई हस्तान्तरण गरेको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । मेसिन खरिद गरेको झण्डै ६ महिनासम्म पनि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको हो । पीसीआर मेसिन अस्पतालले पाएको ३ महिनापछि पनि सञ्चालनमा नआएर अस्पतामै थन्किएको छ ।
जेठ महिनामै भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भनेर निर्णय गरेर ३८ लाख रुपैयाँलागतमा पीसीआर मेसिन र पीसीआर क्याबिनेट खरिद गरेको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पीसीआर मेसिन किनेको तत्काल परीक्षण गरिने भनिए पनि पीसीआर मेसिन सञ्चालनमा आएको छैन ।
“सम्झौता अनुसार नगरपालिकाले मेसिन खरिद गरेर अस्पताललाई बुझाएको अवस्था हो ।” भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालसिंह ऐरले भने, “अहिलेसम्म परीक्षण सुरु भएको छैन, अस्पताललाई नगरपालिकाले हस्तान्तरण गरेको पनि दुई तीन महिना भइसक्यो, मेसिन अस्पतालमै परिसरमै छ ।” नति सक्दो चाँडै मेसिन सञ्चालन गर्ने योजना भए पनि अहिलेसम्म अस्पतालले मेसिन सञ्चालन गर्न नसकेको उनले बताए ।
यसैगरी महकाली अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले भने मेसिनसँगै चाहिने अरु सामान अस्पतालले किन्नुपर्ने भएकाले मेसिन सञ्चालनमा ढिलाइ भएको बताए ।
“सबैतिर कोरोना महामारी भएकोले अस्पतालले किन्ने भनेको सामान टेण्डर अनुसार आए ढिला भयो, अब हाम्रो लगभग सबै सामानहरू आइपुगेको छ ।”
महाकाली अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले भने, “पीसीआर मेसिन जडान गर्दा आवश्यक पर्ने वायोसेप्टी भन्ने पनि जडान भैसकेको अवस्था छ, मेनमेसिन जडान गर्ने इन्जिनियरलाई पनि फोन भएको छ, अबको केही दिनभित्रै हामी सञ्चालन गर्ने योजनामा छौ ।” पीसीआर मेसिन जडान गर्दा विभिन्न प्रक्रियाले गर्दा ढिलाइ भएको थियो । पीसीआर मेसिनसँगै चाहिने सामानहरूको टेण्डर पनि सँगैसँगै गरेको हुनाले अब सञ्चालन गर्ने अवस्थामा पुगिएको सूचना अधिकारी भट्टले बताए । यस्तै उनकाअनुसार पीसीआर मेसिन जडान गर्नका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको पनि परिपूर्ति गरिएको अवस्था छ ।
महाकालीअस्पतालले अहिले पनिदिनमा १५ देखि २० जनाको स्वाब संकलन गरिरहेको छ । परीक्षणका लागि धनगढी नै पठाउनुपर्ने र रिपोर्ट पाउन दुई र तीन दिन कुर्नुपर्ने बाध्यता कायमै छ । महाकाली अस्पतालमै पीसीआर प्रयोगशाला सञ्चालनमाआए परीक्षणको दायरा बढाएर जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरमा हालसम्म १ हजार ९ सय ३जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ९३ जना छ ।

प्रदेश स्वास्थ्यनिर्देशनालयले३ महिना सम्म फिर्ता गरेन शव वहान
महाकाली अस्पतालमा शववहान सेवाका लागि भन्दै प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले अस्पताललाई प्रदान गरेको शववहान प्रदेश स्वास्थ्य निर्देशनालयल पुन ३ महिनासम्म पनि फिर्ता गरेको छैन । अगाडि प्रदेश स्वास्थ्य निर्देशनालय डोटी राजपुर दिपालले महाकाली अस्पताललाई चिट्ठी जारि गर्दै शववहानको चालक सहितप्रदेश स्वास्थ्य निर्देशनालयलाई फिर्ता गर्न आग्रह गरेको थियो । स्वास्थ्य निर्देशनालयले शववहान सुविधाका लागि अस्पताललाई दिएको शववहान फिर्ता नगरेपछि समस्या भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्