बाँके र बर्दियामा प्रित ट्र्याक्टरको रोड शो

बाँके र बर्दिया जिल्लामा प्रित ट्र्याक्टरको प्रचार प्रसारसँगै बिक्री बढाउनका लागि बिशेष उपहार योजनासहितको रोड शो को आयोजना गरिएको छ । प्रित ट्र्याक्टरका नेपाल प्रमुख प्रकाशसिंह राठौरले नेपालगन्जमा रोड शो शुभारम्भ गरेका छन् । प्रमुख राठौरले ट्र्याक्टर बिक्री बढाउने तथा प्रचार प्रसार गर्ने उदेश्यले बाँके र बर्दियामा सो रोड शो को आयोजना गरिएको बताए ।
उनले सो रोड शो बाँके र बर्दियाका सबै क्षेत्रमा पुग्ने जनाउँदै बढी भन्दा बढी किसानसम्म पुगेर ट्र्याक्टरको विशेषतासँगै उपहार बारे जानकारी गराउने बताए ।
गत दुई महिनामा नेपालगन्जबाट २९ वटा ट्र्याक्टर बिक्री गरिएको जानकारी गराउँदै उनले यस पटक रोड शो को अवधीमा कम्तीमा १० वटामा ट्र्याक्टर बिक्री गर्ने लक्ष्य लिइएको जनाए ।
रोड शो अवधिभर एउटा ट्र्याक्टर खरिद गर्ने ग्राहकलाई २ वटा मध्ये एउटा उपहार दिने जनाउँदै प्रमुख राठौरले ग्राहकलाई १ सय २५ सीसीको बजाजको डिस्कभर मोटरसाइकल वा २ हजार लिटर डिजेल, ३२ इन्चको एलइडी टिभी र ट्र्याक्टरको एक बर्षको कर र बिमा फ्रीमध्ये एक उपहार दिइने बताए ।
उनले एक ट्र्याक्टर खरिदमा दुई मध्ये जुनसुकै उपहार लिएपनि सो को मूल्य २ लाख २५ हजार बराबरको रहेको पनि जनाए । ट्र्याक्टरमा सरकारले चालू आर्थिक बर्षबाट भ्याट लगाएपछि १ देखि २ लाखसम्म मूल्यवृद्धि भएकोले ग्राहकलाई सो मूल्यवृद्धिको मारबाट जोगाउन सवा दुई लाखको उपहारसहितको यो योजना सुरु गरिएको प्रित ट्र्याक्टरको स्थानीय बिक्रेता युनाइटेड मोटर्स सप्लायर्स प्रालिका विक्री तथा बजार प्रबन्धक डम्बर बिसीले बताए । उनले यो योजनाबाट किसानलाई ठुलो राहत पुग्ने समेत जनाए । प्रित ट्र्याक्टर खरिद गर्ने ग्राहकलाई आजिवन निशुल्क सर्भिसको ब्यबस्था गरिएकोले सो ट्र्याक्टर खरिदमा किसानको आकर्षण बढ्दै गएको उनले जनाए ।
३५ देखि ९० हर्सपावरको क्षमतामा उपलब्ध रहेको सो ट्र्याक्टर भारतको पन्जाबको पटियालामा निर्माण गरिएको तथा भारतमा पनि सबैभन्दा बढी बिक्री हुँदै आएकोले नेपालमा पनि त्यसको बिक्री निकै राम्रो रहेको प्रित ट्र्याक्टरको मुख्य बिक्रेता फरचुना अटोमोबाइल्स प्रालि काठमाण्डौका नेपालगन्जस्थित क्षेत्रीय प्रबन्धक सुशील भट्टराइले बताए । उनले १० लाखदेखि २१ लाखसम्मको मूल्यमा उपलब्ध सो ट्र्याक्टरको बिक्री विगतदेखिनै राम्रो रहेको जनाउँदै गत आर्थिक बर्षमा १ सय २० वटा ट्र्याक्टर बिक्री गरिएको जनाए ।
फोटो क्याप्सन
रोड शो को शुभारम्भ गर्दै प्रित ट्र्याक्टर प्रालिका नेपाल प्रमुख प्रकाशसिंह राठौर ।