घुमौ पूर्व प्रदेश–१ अभियान सुरु «

घुमौ पूर्व प्रदेश–१ अभियान सुरु


‘घुमौ पूर्व प्रदेश–१’ भन्ने मुख्यः नारासहित प्रदेश– १ का प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन सुरु गरेको छ । वोर्ब र व्यवसायीको १३ सदस्यीय टोलीले आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन अभियान जनकपुरबाट सुरु गरेको हो ।
नेपाल पर्यटन वोड प्रवद्र्धक तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा प्रदेश–१ तथा होटल संघ नेपाल पूर्व शाखाको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन, पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचलित व्यवसायीबीच व्यवसाय प्रबद्र्धन गरिने छलफल बिटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा ब्यापक बनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको बताए ।
एकआपसमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकीय क्षेत्रका विकास, प्रवद्र्धन र प्रचार प्रसारकालागि के कस्ता उपायहरू अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीहरूबीच छलफलहरुको आयोजना यो अभियान अन्तरगत गरिनेछन् । यस अभियान अन्र्तगत व्यवसायहरु बीच सहकार्य गराई आन्तरिक पर्यटकका लागि भ्रमण प्रवद्र्धनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको छ । बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पामा हुँदै माघ १५ मा लुम्बिनीमा सम्पन्न हुनेछ ।

काठमाडौं–भेडेटार र इलाम पर्यटक बससेवा फागुनबाट
आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग पर्यटक बस सेवाबाट जोड्ने उद्देश्यका साथ फागुन पहिलो सातकाबाट काठमाडौं भेडेटार र इलाम पर्यटक बस सेवा सञ्चालन हुने भएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघको सकृयता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको बस सेवा स्वास्थ्य प्रोटोकोलको पालना गरी २७ सिटर पर्यटक बसबाट गरिने भएको छ ।
हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगन्ज पर्यटक बस सेवा उपलब्ध छन् । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मी प्रवद्र्धन र बस सेवासँगै गुणस्तर वृद्धिले नै पर्यटन सम्बन्धी गतिविधि बढ्ने आशा गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्