सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट «

सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी बीच ग्राहकलाई छुट दिनेबारे सहमति पत्रममा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट र प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर रहेका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम. र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव सात लाख ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्