एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा

एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा भित्रिएको छ । यसमा नयाँ प्रविधि जडान गरिएको कम्पनीको भनाइ छ ।
जसले कपडाको विशेषता पत्ता लगाएर १८ प्रतिशतले कपडाको गुणस्तर जोगाउने कम्पनीले जानकारी दिएको छ । यससँगै स्टिमप्लस टिएम प्रविधि जडान गरिएको बताइएको छ ।
यसले र ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने र ३० प्रतिशत कपडालाई खुम्चिनबाट बचाउने कम्पनीको दावी छ । उक्त मेसिनले ३९ मिनेटमा वास साइकल पुरा गर्ने बताइएको छ ।