सिन्धुलीमाडी र बेसीसहरमा एनआईसी एशियाका शाखा «

सिन्धुलीमाडी र बेसीसहरमा एनआईसी एशियाका शाखा

एनआईसी एशिया बैंकले सिन्धुलीको सिन्धुलीमाडी र लमजुङको बेसीसहरमा शाखा खोलेको छ । कमलामाई नगरपालिका–६ सिन्धुलीमाडी र बेसीशहर नगरपालिका–७, लमजुङमा आइतबार आयोजित समारोहमा दुवै शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ । सिन्धुली जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लमजुङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीसहर शाखाको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको बैकले जनाएको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १ सय ५६ शाखा कार्यालय, १ सय ४१ एटीएम तथा ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्