सेन्ट्रल फाइनान्सको नयाँ शाखा जनकपुरमा «

सेन्ट्रल फाइनान्सको नयाँ शाखा जनकपुरमा

सेन्ट्रल फाइनान्सको १४औं शाखा धनुषाको जनकपूरधाममा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले उद्घाटन गरे ।
ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको कुनैपनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने सुविधा सहितका विभिन्न शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
संस्थाले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै एसएमएस, आइपीएस कनेक्ट आइपीएसलगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ । एसीटीसँगको सहकार्यमा युनियन पे डेबिट कार्ड जारी गरी एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्