सिमसार संरक्षणमा रामसार महासन्धिको भूमिका «

सिमसार संरक्षणमा रामसार महासन्धिको भूमिका

रामसार महासन्धिमा प्रवेश गरेदेखि नेपालले सिमसार संरक्षण तथा व्यवस्थापनमा विभिन्न उपायहरू अपनाउँदै आएको छ ।

वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईं–हामी सबैलाई ज्ञात नै छ । यसले केकति कुराहरू समेट्छ भन्नेबारेमा सम्बन्धित विज्ञहरूमा मतैक्यता पाइन्न । विभिन्न विद्वान् तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तक्रीयाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एकआपसमा आत्मनिर्भर बनाएको हुन्छ ।
पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरूलाई समेत प्रभाव पार्छ । अझ भन्ने हो भने अन्य प्राणी, वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न खडा गर्न सक्छ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखा परेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलाप प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।
यस लेखमा रामसार महासन्धि र नेपालका रामसार क्षेत्रको विकासबारे चर्चा गर्ने प्रयास गरिएको छ । जैविक विविधताको दृष्टिकोणले सिमसार क्षेत्रलाई अत्यन्त धनी क्षेत्रका रूपमा लिएको पाइन्छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका साथै त्यस्ता क्षेत्रको बुद्धिमतापूर्ण प्रयोग गरी आर्थिक, सामाजिक एवम् सांस्कृतिक विकासमा टेवा पु-याउने उद्देश्यले अन्तराष्ट्रिय महŒवका सिमसार खासगरी जलचरको बासस्थानसम्बन्धी सिमसार महासन्धि २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा सम्पन्न भएको थियो । यो महासन्धि १९७५ देखि कार्यान्वयन हुन थालेको छ । महासन्धि जम्मा १२ धारामा विभाजित छ । हालसम्म आबद्ध देश १ सय ७० पुगेको छ । २ हजार ३ सय १४ वटा सिमसार रामसारको सूचीमा सूचीकृत छन् ।
यी सिमसारले २ सय ४५, ७ सय १४, १ सय १२ हेक्टर क्षेत्र ओगटेको छ । रामसार सूचीमा नेपालमा १० वटा सिमसार सूचीकृत भएका छन्, जुन कोसी टप्पु वन्यजन्तु आरक्षण, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका तालहरू । पोखराका तालअन्तर्गत फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्युरिनी र गुँदे ताल पर्छन् ।
यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५ सय ६१ हेक्टर रहेको छ । रामसार क्षेत्रको पहिचानका लागि निम्न आधारहरू हुनुपर्छ । उपयुक्त जैविक विविधता क्षेत्रभित्र प्रतिनिधिमूलक, दुर्लभ वा विशिष्ट प्रकारको प्राकृतिक वा मानवनिर्मत सिमसार संरचना, अति संवेदनशील वा संकटापन्न वा खतरापूर्ण जैविक प्रजाति परिस्थितिकीय समुदायलाई आश्रम प्रदान गर्ने सिमसार संरचना, खास क्षेत्रको जैविक विविधता कायम गर्नका लागि वनस्पति वा प्राणीको संख्या कायम गर्ने सिमसार संरचना, वनस्पति वा प्राणीको जीवनचक्रको अति संवेदनशील अवस्थामा आश्रय प्रदान गर्ने सिमसार संरचना, नियमित रूपमा २० हजार वा सोभन्दा बढीको संख्यामा पानीहाँसलाई आश्रय प्रदान गर्ने सिमसार संरचना, नियमित रूपमा कुनै एक प्रजाति वा उपप्रजातिका पानीहाँसको एक प्रतिशत जनसंख्या वा सोभन्दा बढीलाई आश्रय प्रदान गर्ने सिमसार संरचना, भूमण्डलीय जैविक विविधता संरक्षण गर्न वा सिमसारको फाइदा वा मूल्य कायम गर्न तत्स्थानीय माछाका उपप्रजाति वा प्रजाति वा परिवार, जीवनचक्रका अवस्था, प्रजाति अन्तक्र्रिया वा तिनीहरूको जनसंख्याले प्रतिनिधिमूलक योगदान गर्ने सिमसार संरचना, माछाका लागि आहारको महत्वपूर्ण स्रोत, फुल पार्ने वा बच्चा हुर्काउने स्थल, आवागमन मार्ग सिमसार क्षेत्रभित्र वा बाहिरको संरचना, नियमित रूपमा कुनै एक गैरपन्छी प्रजाति वा उपप्रजातिका सिमसारमा निर्भर प्राणीको १ प्रतिशत जनसंख्या वा सोभन्दा बढीलाई आश्रय प्रदान गर्ने सिमसार संरचना हुनुपर्छ ।
सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरेको दिन २ फेब्रुअरी (माघ २०) लाई स्मरण गर्दै सिमसारको महŒवपूर्ण र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउन सुरु गरेको पाइन्छ । सन् १९९८ देखि प्रत्येक वर्ष विगतमा भएगरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका तयार गरी सिमसारको महत्व , आवश्यकता र उपयोगिताका बारेमा जनचेतना अभिवृद्धि गर्न तपसिलअनुसारको नारासाथ मनाउँदै आएको पाइन्छ । सन् २०२० सिमसार र जैविक विविधता, सन् १०१९ सिमसार तथा जलवायु परिवर्तन, सन् २०१८ दिगो सहरी भविष्यका लागि सिमसार, सन् २०१७ प्रकोप न्यूनीकरणका लागि सिमसार, सन् २०१६ भविष्यका लागि सिमसार : दिगो जीविकोपार्जनको आधार, सन् २०१५ हाम्रो भविष्यका लागि सिमसार, सन् २०१४ सिमसार र कृषि उन्नतिका लागि साझेदार, सन् २०१३ सिमसार पानीको हेरविचार, सन् २०१२ सिमसार पर्यटन : एक अनुपम अनुभव, सन् २०११ वन ः पानी र सिमसारका लागि, २०१० गरे सिमसारको स्याहार, न्यून हुन्छ जलवायु परिवर्तनको भार, सन् २००९ हिमालदेखि तराई, सिमसारले समेट्छ सबैलाई, सन् २००८ स्वस्थ सिमसार, स्वस्थ जीवन, सन् २००७ भविष्यका लागि माछा, सन् २००६ पानी छैन त सिमसार छैन, सिमसार छैन त जीवनको आधार छैन, सन् २००५ सिमसारमा अपार विविधता छ, यसलाई गुम्न नदिऔं , सन् २००४ पहाडदेखि समुद्रसम्म, सिमसार छ त हाम्रा लागि, सन् २००३ सिमसार छैन त पानी छैन, सन २००२ सिमसार जल, जीवन र संस्कृतिको आधार, सन् २००१ सिमसारको संसार, नियाल्नुपर्ने संसार, सन् २००० विश्वव्यापी महŒवका हाम्रा सिमसार, यसैमा रमाऔँ, सन् १९९९ जनता र सिमसार एक जीवन्त नाता, सन् १९९८ पानी, सिमसार र हामी आदि ।
वातावरण संरक्षणमा तथा सिमसार संरक्षणमा रामसार महासन्धिको योगदान रहेको पाइन्छ । रामसार महासन्धिमा प्रवेश गरेदेखि नेपालले सिमसार संरक्षण तथा व्यवस्थापनमा विभिन्न उपायहरू अपनाउँदै आएको छ । तीमध्ये विभिन्न पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व हुने गरी दसवटा रामसार क्षेत्रहरू सूचीकृत र व्यवस्थापन, रामसारको लागत संकलन, सहभागितामूलक प्रयास, नेपालका तालको सूचीकरण र कार्यनीति योजना तर्जुमा, स्थलगत कार्ययोजना तर्जुमा र कार्यान्वयन, संयुक्त व्यवस्थापनका लागि नमुना कार्यक्रम कार्यान्वयन, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना र विकास योजनामा सिमसार समावेश गराउने, सिमसार आबद्ध राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थाको सञ्जाल बनाउने, राष्ट्रिय, स्थानीय स्तरमा क्षमता वृद्धि विकास, सिमसारबारे जनचेतनामूलक कार्यक्रम ल्याउने, उत्पादनशील क्षेत्रसँग सिमसारलाई मिलाउने, राष्ट्रिय सिमसार नीति तयार गरी कार्यान्वयनमा ल्याउने कार्य तथा राष्ट्रिय सिमसार समिति गठन, राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने कार्य गरेको पाइन्छ । अतः पर्यावरण संरक्षण गरी सिमसारको संरक्षण गर्नु अति आवश्यक एवम् महŒवपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्छ । यसका लागि स्थानीय सरकारको महŒवपूर्ण भूमिका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्