Logo

फ्रेन्चाइज बिस्तारमा साथीमार्ट

नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले यसै वर्ष भदौ २९ गते राजधानीको बौद्धमा पहिलो आउटलेट सुरु गरेको पाँच महिना पूरा नहुँदै देशभर ६१ वटा आउट्लेट सञ्चालनमा ल्याएको छ ।
काकडभित्ता देखि धनगढीसम्मका प्रमुख शहरमा आउट्लेट सञ्चालनमा ल्याउन सफल भएको साथीमार्टले हालसम्म सुपरमार्केटको अभ्यास नभएको अर्घाखाँची, जिरी, गल्छी, दार्चुला जस्ता विभिन्न ठाउँहरुमा उपभोक्ताहरुलाई ’सुपरमार्केट कल्चर’ सिकाउँदै अघि बढिरहेको साथीमार्ट इनकर्पोरेटका संस्थापक सिइओ सागर पोखरेलले बताए ।
नेपालका गाउँदेखि शहरसम्म हजार आउट्लेटसहित अनलाईन सपिङको सुविधा दिने लक्ष्य रहेको साथीमार्टमा कर्पोरेट अफिस र आउटलेटहरुमा गरि हालसम्म ३ सय ५० जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । साथीमार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुधजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध छन् ।
बेरोजगार तथा नेपालमै बसेर केहि गर्न भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ‘साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको पोखरेलले बताए । साथीमार्टको फेबरुअरीमा मोबाइल एप आएसँगै नेपालभर अनलाइन अर्डर गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्