वैदेशिक रोजगार कल्याणकारी कोषको दायित्व बढ्दै रकम घटदै «

वैदेशिक रोजगार कल्याणकारी कोषको दायित्व बढ्दै रकम घटदै

कोरोना संक्रमणका कारण रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेपछि यसको असर वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने रकममा परेको छ । विदेश जाने नेपालीको संख्या घटेपछि कोषमा जम्मा हुने कम घटदै गएको र कोरोनाका कारण दायित्व बढदै गएका कारण कोषको रकममा असर गर्ने देखिएको हो ।
गत आर्थिक वर्षको ६ महिनामा कल्याणकारी कोषमा ५७ करोड जम्मा भएकोमा चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ मात्र जम्मा भएको छ । गत वर्ष वैदेशिक रोजगारीका लागि २ लाख ८६ हजारले काल्याणकारी कोषमा रकम जम्मा गरेकोमा यो वर्ष कोषमा रकम जम्मा गर्ने श्रमिकको संख्या ५० हजार भन्दा कम रहेको छ । वैदेशिक रोजगारीमा जादा कोरियाबाहेक अन्य देश जाने प्रत्येक श्रमिकले १ हजार ५ सय र ईपिएसअन्र्तगतका श्रमिकले २ हजार ५ सय रुपैयाँ जम्मा गर्दै आएका छन ।
कोष श्रमिकको कल्याणकारी रकम, मेनपावर कम्पनीको धरौटीको ब्याज, अभिमुखिकरण तथा तालिक प्रदायक संस्थाको नविकरण शुल्क र कोषमा रहेको रकमको ब्याजबाट सञ्चालन हुँदै आएको छ । हाल कोषमा ५ अर्ब २५ करोड रुपैयाँ मात्र रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । कोषको मुख्य आम्दानी भनेको १ हजार ५०० देखि २ हजार ५०० सय रुपैयाँ प्रतिश्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम हो । चैतयता वैदेशिक रोजगारीमा जाने श्रमिकहरु घटिरहेका कारण कोषको रकम घटदै गएको छ । विदेश जाने श्रमिक घट्दै जाने र बैंकमा लागनी गरेको रकमको ब्याज समेत घटदै गइरहेका कारण आगामी दिनमा कोषबाट सञ्चालन हुने कार्यक्रममा असर पर्ने देखिएको छ ।
“अम्दानीको स्रोत घट्दै छ, बोर्डले दिने सेवाको दायरा बढदै गएको छ” बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने, “कोषबाट विदेशमा मृत्यु, अंगभंग र बिरामी भएका श्रमिकको अनिवार्य सहायता दायित्व भने बढदै गइरहेको छ ।” कोभिडका कारण विदेश मृत्यु हुने नेपाली श्रमिकको संख्या बढेकाले कोषको दायित्व रकमसमेत बढेको छ । यसबाहेक सीप तालिम र अभिमुखिकरण संस्थाको नविकारण शुल्क पनि कोषको आम्दानी एक स्रोत हो ।
कोषले गत वर्षसम्म ५ अर्ब ८६ करोड रुपैयाँ विभिन्न बाणिज्य बैंकमा जम्मा भएको थियो । यो वर्ष कल्याणकारी कोषमा श्रमिकबाट ३० करोड रुपैयाँ मात्र आउने अनुमान छ । यसमध्ये ५० लाख रुपैयाँ कोरिया जाने ईपिएस प्रणााली अन्तर्गत जाने श्रमिकबाट आउने गरेको छ । विभिन्न बाणिज्य बैंकबाट ब्याजको रुपमा ४५ करोड ब्याज आउने अनुमान रहेको छ । कोषको बैंकमा राखेको ५ अर्ब ८६ करोड रुपैयाँ बराबरको मुद्दतीबाट आउने ब्याज होे ।
धरौटीबापत बैंकमा जम्मा भएको ३० करोड रुपैयाँ आउने अनुमान रहेको छ । यो वर्ष ६ अर्ब ९३ करोडको कोषको पैसा जम्मा हुने सरकारी अनुमान छ । यसमध्ये चालु आर्थिक वर्षमा मात्र २ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको छ । यसरी हेर्दा अर्को वर्ष ४ अर्ब रुपैयाँ मात्र रहने देखिन्छ । बीचमा १÷२ अर्ब मात्र कतै खर्च गर्नु पर्ने भए अर्को वर्ष मुस्किलले कार्यक्रम सञ्चालन गर्नु पर्ने अवस्था आउने बोर्डको भनाइ छ । बोर्डले यो वर्षदेखि सञ्चालन गरेको पुनः एकीकरण कार्यक्रममा सरकारबाट १० करोड सहयोग मागेर कोषको पैसा बचत गर्ने योजना बनाएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक दशकमा एक्कासी कमी आएपछि बोर्डलाई आर्थिक संकट पर्ने देखिन्छ । वैकल्पिक रोजगारीको रुपमा मानिँदै आएको वैदेशिक रोजगारीमा मासिक औषत ४० हजारको संख्यामा नेपाली युवा विदेश जाने गरेका थिए । कोरोना संक्रमणका रोजगारदाताले कर्मचारी कटौती गरेका कारण त्यसको असर नेपालको रोजगारीमा परेको छ । नेपालका प्रमुख ४ श्रम गन्तव्यमा रोजगारी गुमाएर फकर्नेको संख्या २ लाख भन्दा बढी पुगेको छ भने रोजगारी गुमाउनेको संख्या बढदै गइरहेको छ ।

१९ शव ल्याइयो
वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको १९ नेपालीको शव लिएर नेपाल वायुसेवा निगमको वाइडबडी–३३० विमान काठमाडौं अवतरण गरेको छ ।
मलेसियास्थित नेपाली दूताबासको अनुरोधबमोजिम शव ल्याउन निगमको वाइडबडी ए–३३० विमान पठाएको थियो ।
जनवरी २२ मा काठमाडौं–क्वालालम्पुर उडान गरी २३ मा १९ शव स्वदेश लिएर फिर्ता भएको थियो । सो विमानमा क्वालालम्पुर–काठमाडौंमा भने २ सय ५० यात्रु रहेका छन् । ठूलो संख्यामा वैदेशिक रोजगारीको सिलशिलामा गएका मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउनु पर्ने माग भए बमोजिम निगमले निगमित उडान गरिरहेको न्यारोवडी–३२० विमानको साटो वाइडबडी–३३० पठाएको निगमले जनाएको छ ।
निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत वाइडबडी विमान पठाएर त्यहाँ रहका यात्रुसहित शव स्वदेश ल्याउनको सहजिकरण गरेको निगमा प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । “निगमले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर उडान गरेको हो” प्रवक्ता श्रेष्ठले भनिन्, “राष्ट्रिय ध्वजावाहक भएकाले गर्दा निगमले विगत देखिनै नेपालीको उद्दारदेखि अन्य क्षेत्रमा उडान भर्दै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्