सुन आयातको कोटा प्रणाली खारेज गर्न माग «

सुन आयातको कोटा प्रणाली खारेज गर्न माग


सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले कोटा प्रणाली खारेजीका लागि आफूहरुले अघि सारेको माग पूरा गर्न महासंघसँग आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी ब्यवसायीका तफबाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा ब्यवसाय सञ्चालनका लागि ब्यवसाय सञ्चालन नीति ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत ब्यवस्था हुनुपर्ने, स्वदेशमै सुनचाँदी तालिक केन्द्रहरु सञ्चालन गरिनुपर्ने माग गघि सारेका छना् । यस्तै कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका विषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए ।
महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न महासंघले पहलकदमी लिने आस्वासन दिए । सुन पुनः विदेश नजाओस भन्नका लागि सीमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्न सकिने व्यवसायीको सुझाव छ ।
पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही स्यम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्