सहकारीलाई एक्साभेटर सहयोग «

सहकारीलाई एक्साभेटर सहयोग

काठमाडौं- कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले दुइटा जापानी कम्पनीहरू–तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको एसके ३५ एसआर–६ मोडलको एउटा कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गर्न बिहीबार एक कार्यक्रम आयोजना गरेका छन् । ती कम्पनीहरूले नेपालमा परोपकारी कार्यका लागि ती उपकरणहरू निःशुल्क उपलब्ध गराएका हुन । ताहोकु कुरोसावा केन्सेत्सु कम्पनी लिमिटेड जापानको निर्माण कम्पनी हो । कम्पनीका सीईओ मासायुकी सातोले नेपालमा किन्डरगार्टन स्थापना र पानी आपूर्तिसम्बन्धी काम सहयोगको रुपमा गर्दै आउनुभएको छ । नेपाली समाजलाई थप योगदान होस भनेर सातो र उहाँको कम्पनीले एक थान कोबेल्को मिनी एक्साभेटर एसके३५एसआर–६ प्रदान गरेको हो । मिनी एक्साभेटरका अलाबा हासिमोतो केन्की कम्पनी लिमिटेडले सोही एक्साभेटरमा लाग्ने एक थान हाइड्रोलिक रक ब्रेकर पनि निःशुल्क उपलब्ध गराएको छ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेडले उक्त मेसिनको ढुवानी र भन्सारसम्बद्ध खर्च बेहोरेको जनाएको छ ।
उक्त समारोहमा पाल्पा र मित्यालका दुर्गम क्षेत्रका बासिन्दाको सेवामा जीवनका अढाइ दशक बिताएका ओके बाजेले मेसिन बुझिलिनुभएको थियो । स्थानीयवासीको जीवनस्तर उकास्नेसम्बन्धी कामका लागि बाजे प्रख्यात छन । उक्त मेसिनको बिक्रीपछिको सेवा पूजा कन्सट्रक्सनले उपलब्ध गराउँछ । यतिबेला नेपालमा सात सयभन्दा बढी कोबेल्को एक्साभेटर सञ्चालनमा छन, जसलाई पूजा कन्सट्रक्सन नेपाल प्रालिले सहयोग गरेको छ । पूजा सबै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छ । कोबेल्को कन्सट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिको नेपाल बिजनेस हेर्ने जिएम योगेश खुरानाले भने, “हामी परोपकारी कार्यका लागि आयोजना गरिएको यो समारोह र नेपालको दुर्गम इलाकामा मानवीय काम गर्दै आएको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीको एक हिस्सा हुन पाउँदा निकै खुसी छौं ।”

 

प्रतिक्रिया दिनुहोस्