सोनापुर मिनरल्स् एण्ड आयलको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धक नियुक्त «

सोनापुर मिनरल्स् एण्ड आयलको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धक नियुक्त

सोनापुर मिनरल्स् एण्ड आयलले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । आफूसँग उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा रहेको कम्पनीको दावी छ ।
उक्त सम्झौतामा सोनापुर मिनरल्सका प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे । कम्पनीले २ करोड कित्ता शसयर स्थानीयबासी रसर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्