सामसुङको फ्ल्यागशिप एस सेरिजको प्रि बुकिङ खुला «

सामसुङको फ्ल्यागशिप एस सेरिजको प्रि बुकिङ खुला

सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस सेरिज नेपालमा ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीले उक्त मोडलको प्रि–अर्डर २२ जनवरीदेखि सुरु गर्ने जनाएको छ । सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी एस २१ श्रृंखलाको अनावरण गरिसकेको जानकारी दिएको छ । उक्त नयाँ मोडलले हालसम्म निर्माण भएका स्मार्टफोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो ।
विश्वभर प्रयोगकर्तालाई यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्तमोडललाई निकै रुचाएको कम्पनीको दावी छ । यो स्मार्टफोन उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसरसहित बनेको बताइएको छ ।
विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइलसहित एक परिष्कृत रुप प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । सामसुङ नेपालले स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताका लागि आकर्षक योजना सहितप्रि–अर्डर घोषणा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्