एनआइसी एशिया लघुवित्तद्वारा सदस्यलाई बिमा रकम हस्तान्तरण «

एनआइसी एशिया लघुवित्तद्वारा सदस्यलाई बिमा रकम हस्तान्तरण

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई बिमा रकम प्रदान गरेको छ । संस्थाले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बिमा गर्दै आएको छ ।
संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकका श्रीमान नगेन्द्रदास पटनावरलाई हस्तान्तरण गरेको हो । यो संस्थाले हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्