विराटचोकमा सिभिल बैंकको शाखा «

विराटचोकमा सिभिल बैंकको शाखा

सिभिल बैंकले मोरङको विराटचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखासहित इटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी विराटचोकमा संचालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त शाखाको उद्घाटन सिभिल बैंकका सञ्चालक प्रा.डा. रमेश दाहालले गरेका थिए । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलगायत स्थानीय उद्योगी व्यवसायी सहभागी थिए । सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहक तथा अन्य सरोकारवालाको हितलाई ध्यानमा राखी सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने जनाएको छ । आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । बैंकले चालू आर्थिक वर्षको प्रथम चौमासमा ११ करोड ३३ लाख नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७९.१८ प्रतिशत बढी हो । बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद सेयरको निस्कासन गरिसकेको छ । हकप्रद सेयर वितरणपश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गत आवको नाफाबाट बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्