थप सुविधाहरूसहित आइएमई पेको नयाँ एप प्रयोगमा «

थप सुविधाहरूसहित आइएमई पेको नयाँ एप प्रयोगमा

‘आइएमइ पे’ एप अध्यावधिक गरेर सुविधा थप गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा थप सेवाको अनुभव गर्ने कम्पनीको भनाइ छ । थपिएका सुविधा यहाँ दिइएको छ ।
आइएमइ पेले फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा ल्याएको छ । सामान्यतया आइएमई पे वालेटमा कम्तिमा १ हजार रुपैयाँ मौज्याद रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ । कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा निशूल्क गरिएको छ ।
आइएमइ पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमइ पे’ एप प्रयोग गरेर कारोबार गर्दा प्रति कारोबार एक रुपैयाँबाट शूल्क सुरु हुनेछ । आइएमइका देशभर रहेको एजेन्टबाट आइएमइ एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशुल्क हुनेछ । यो सेवा आफूलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेन्टमा उपलब्ध हुनेछ । आइएमई पेले नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्