प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु : दुगड «

प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु : दुगड


प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई दिएको महत्वपूर्ण जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा दुगडले यस्तो बताएका हुन् । “मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु । यो मन्त्रालयमा काम गरेवापत मैले धेरै प्रशंसा पाएँ । यो महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको सुन्न पाएँ ।” उनले भने, “भीजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरें । भिन्न फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको कुरा भयो । हाम्रो कामले जनतामा राहत भयो । निजी क्षेत्रको लागि पनि राम्रो प्रतिक्रिया हो ।
उनले कोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि स्पष्ट पारे । उनले दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए ।
उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । उनले निजी क्षेत्रलाई प्रोत्सहान, पुँजीगत खर्च बढाउने र विकास आयोजना अघि बढाउने आफूहरुको मुख्य योजना रहेको बताए ।
दुगडले चुनावबाट कोही पनि डराउनु नहुने स्पष्ट पारे । आफू पनि प्रधानमन्त्रीको साथमा उभिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाए । उनले भने, “उहाँले मलाई अहिले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, युवराज खतिवडाको पोष्टमा ल्याएर बसाउनुभएको छ । देशको विकास र समृद्धिको लागि के–के गर्न सकिन्छ ? म सँधैं गर्न तयार छु ।”

प्रतिक्रिया दिनुहोस्