इजरायलको रोजगारी ईपीएस मोडलमा «

इजरायलको रोजगारी ईपीएस मोडलमा

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान चाहने नेपाली युवाले कोरियाको ईपीएसजस्तै अनलाइनमार्पmत नै आवेदन लिने तयारी सुरु गरेको छ । विभागले कोभिड–१९ को संकटलाई मध्यनजर राखेर आवेदन दिन टाढाबाट आउनुपर्ने प्रावधानलाई अन्त्य गरी सहज बनाउने उद्देश्यले अनलाइनबाट नै आवेदन दिनसक्ने व्यवस्था गर्न लागेको हो ।
इजरायल र नेपालबीच असोजमा सम्पन्न श्रम सम्झौता र बिहीबार रोजगार व्यवस्थापनसम्बन्धी कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै आवेदनका लागि अनलाइन सेवा विस्तारको लागि विभागले तयारी अघि बढाएको छ । विभागका निर्देशक टीकामणि नेउपानेले माघभित्र नै आवेदन माग गर्ने तयारी भएको र कुनै समस्या आए पनि फागुनको ७ गतेसम्म अनिवार्य आवेदन आह्वान गरिसक्ने बताए । उनले अनलाइन आवेदनका लागि सप्mटवेयरको काम सुरु भइसकेको बताए । “ढिलोमा १५ दिनभित्र अनलाइन आवेदनको प्राविधिक काम सकिने गरी सूचना प्रविधि शाखाले काम सुरु गरिसकेको छ,” निर्देशक नेउपानेले कारोबारसँग भने, “यसैगरी आन्तरिक छनोट कार्यविधिको काम पनि पूरा भएर मन्त्रालयबाट स्वीकृतिको चरणमा रहेको छ ।”
विभागले छनोट कार्यविधि र अनलाइन आवेदनका लागि तयार गर्नुपर्ने प्राविधिक विषयको काम माघभित्रै सक्ने र आवेदन लिने काम सुरु गर्ने भएको छ । इजरायली पक्षले छनोट प्रक्रिया छिटो सम्पन्न गरेर श्रमिकलाई पठाउन बारम्बार अनुरोध गरेपछि अबको १५ दिन नै रोजगारीका लागि इजरायल जाने नेपालीको लागि सूचना आह्वान गर्ने विभागको भनाइ छ । विभागले ईपीएस प्रणालीमा यसअघि नै अनलाइन आवेदनको अभ्यास कार्यान्वयनका ल्याएका कारण यो प्रणालीले सबैलाई घरमा नै बसेर आवेदन दिन सहज हुने अनुमान गरेको छ ।
पहिलो चरणको छनोट अनलाइन आवेदनका आधारमा गरिने भए पनि सर्टलिस्टमा छानिएका युवालाई भने भौतिक रूपमा उपस्थित गराएर छनोट गरिने योजना रहेको छ । अनलाइनमार्पmत सर्टलिस्टमा छानिएका युवालाई भौतिक रूपमा उपस्थित गराएर तौल, उचाइ र साधारण अंग्रेजी भाषाको बोलाइ, सुनाइ र वोध क्षमताको परीक्षण गरिने छ । तौल, उचाई र साधारण अंग्रेजी भाषाको बोलाइ, सुनाइ र वोध क्षमतामा राम्रो भएका सबै भौतिक रूपमा छनोटका लागि छानिने छन । सटलिस्टमा छानिएका युवाको अन्तिम छनोटका लागि विभाग नै प्रदेश प्रदेश जाने सम्भावना समेत रहेको छ । हाललाई आवेदनका लागि पासपोर्टको प्रतिलिपी मात्र अनलाइन अपलोड गर्ने गरी आलाईन आवेदन मापदण्ड बनाउने तयारी भएको छ । विदेश जाने निश्चित नभएसम्म श्रमिकको बढी खर्च हुने गरी प्रहरी रिपोर्ट र स्वास्थ्य प्रतिवेदन माग नगरिने भएको विभागले जनाएको छ ।
कार्यान्वयन प्रोटोकलमा सम्झौता
नेपाल र इजरायलबीच भएको श्रम सम्झौतालाई कार्यान्वयनमा लैजान बिहीबार दुई देशबीच रोजगार कार्यान्वयनसम्बन्धी प्रोटोकलमा सम्झौता भएको छ । रोजगारीका लागि इजरायल जाने नेपालीको सेवा, सुविधा हित र सुरक्षालाई ध्यानमा प्रोटोकलमा हस्ताक्षर भएको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर समारोहमा नेपालका लागि इजरायलका राजदूत गोडेरले यस सम्झौताका अनुसार नेपालबाट जाने कामदारहरूको लागि कुनै विभेद नगरी इजरायलका नागरिक सरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कुरा बताए । नेपाल सरकारको तर्फबाट हस्ताक्षरकर्ता वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालले प्रस्तुत सम्झौता अनुरूप इजरायल जाने नेपाली कामदारको लागि एक आन्तरिक कार्यविधि तर्जुमा गरी छिट्टै प्रकृया थालनी गर्ने बताए । सो अवसरमा इजरायलका लागि नेपालका राजदूत डा. अन्जान शाक्यले नेपाल र इजरायलबीचको श्रम सम्झौताले दुवै देश बीचको मित्रवत सम्बन्धमा थप टेवा पुग्ने विश्वास भर्चुअल माध्यमबाट व्यक्त गरिन् । सम्झौताका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले यो सम्झौताले कोरोनाको महामारीको बीचमा नेपाली नागरिकहरूलाई इजरायलमा रोजगारीको अवसर प्राप्त हुन खुसीको कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्