Logo

ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुनस्र्थापित गर्न खोजे : दाहाल–माधव

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रलाई पुनस्र्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताए ।
मंगलबार आफू निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुनस्र्थापित गर्ने तथा देशलाई निरंकुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको बताए । उनले यस कदमलाई हर मूल्यमा रोक्ने पनि बताए ।
अध्यक्ष दाहालले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाए पनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताए । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उनको टिप्पणी छ ।
भेलामा सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताए । प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताए । अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभई आफू भएको जिकिर गरे । एकीकरण पछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युतिने बताए ।
अध्यक्ष नेपालले लोकतन्त्र, गठतन्त्र, संघीयता, संविधानलगायतका राजनीतिक परिवर्तनहरु संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्