Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बैंकको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा बैंक र क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्भmौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायबमहाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।
अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ रहेको नेपालको एक मात्र पूर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्बको साधारण सेयर निष्कासन गरेको छ । माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ्ग कारोबार समय पश्चातबन्द हुन लागेको यस सार्वजनिक निष्कासनमा लगानीकर्ताको उत्साहप्रद सहभागिता रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्