फाइभ पी नेपाल इन्टरनेशनल एक्स्पो–२०२१ सुरु «

फाइभ पी नेपाल इन्टरनेशनल एक्स्पो–२०२१ सुरु

प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगलाई आधार बनाई सञ्चालन गरिएको ‘फाईभ पी नेपाल इन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको बुधबार एक समारोहकाबी चभर्चुअल माध्यमबाट उद्घाटन गरियो ।
विगतका वर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको र गतवर्ष समेत काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको भएपनि यस वर्ष कोभिड–१९ को कारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको हो ।
उत्त एक्स्पोमा प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगसँग सम्बन्धित नेपाल भारत लगायत विभिन्न देशका उद्योगहरुले आफ्ना उत्पादन तथा प्रविधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटनकै क्रममा करिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनिको अवलोकन गरेका थिए ।
परिवर्तित समय अनुसार विभिन्न उद्योगको क्षेत्रमासमेत प्रविधिको तीव्र रुपमा विकास र परिवर्तनहरु भएकाले उक्त एक्स्पो नयाँ प्रविधिका विषयमा ज्ञान लिन र अनलइनको माध्यमबाट खरिद तथा बिक्री गर्नका लागि राम्रो अवसरको रुपमा रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्