एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा बोनस «

एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा बोनस

एनसेल आजियाटाले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको एनसेलले जनाएको छ । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीको दावी छ । दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोगलगायत विविध कार्यहरु सजिलै गर्न सकिने एनसेलले जानकारी दिएको छ ।
सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेतामार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर दु्रत गतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्ने बताइएको छ ।
यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्