एस ब्रान्डका उपकरण नेपाली बजारमा «

एस ब्रान्डका उपकरण नेपाली बजारमा

भारतीय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्रान्डका मेसिन नेपाली बजारमा भित्र्याएको छ । नेपालमा स्पार्क अटोमोटिभ्स्ले एसको हेभी इक्युपमेन्ट भित्र्याएको हो । यी हेभी इक्युपमेन्टमा ३–४० टनका क्रेन, ब्याक हो लोडर, ह्विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर रहेको कम्पनीले जनाएको छ ।
स्पार्कले आफ्नो कर्पोरेट कार्यालय काठमाडौंस्थित नक्सालमा सञ्चालनमा पनि ल्याएको जनाएको छ । कम्पनीले एस ब्रान्डका अन्य उत्पादन पनि नेपाली बजारमा भित्र्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्