६ महिनामा ५१ लाख राजस्व संकलन «

६ महिनामा ५१ लाख राजस्व संकलन

मुगु– जिल्ला मालपोत कार्यालय मुगुले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा ५१ लाख रुपैयाँभन्दा बढी राजस्ज संकलन गरिएको छ । पाँच महिनाको अवधीमा घर जग्गा रजिष्ट्रेसनबाट ३२ लाख ८३ हजार ९ सय ४५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख जगतबहादुर रोकायाले बताए ।
रोकायाका अनुसार पछिल्ले समयमा कोरोना महामारीका कारण केही समय सेवा प्रभावित हुँदा राजस्व संकनलमा केही कमि आएको छ । पछिल्लो समयमा घर जग्गा कारोबार गर्ने सेवाग्राहीलाई सरकारले सदरमुकाम नगरपालिकाभित्र बस्ने महिलाको नाममा कारोबार गरे बापत २५ प्रतिशत र गाँउपालिकामा बस्ने महिलाको नाममा घर जग्गा कारोबार गरेबापत ५० प्रतिशत छुट दिएको छ । यसैगरी दलित, आदिवासी, जनजाति, सहिद परिवारको नाममा घर जग्गा कारोबार गरेबापत २५ प्रतिशत एकल महिलाको हकमा ३५ प्रतिशत राजस्व छुट रहेकोसमेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्