वृज सिमेन्टले नेपाल स्टारका प्रतिष्पर्धी खड्कालाई आवास निर्माणमा सहयोग गर्ने «

वृज सिमेन्टले नेपाल स्टारका प्रतिष्पर्धी खड्कालाई आवास निर्माणमा सहयोग गर्ने

नेपाल टेलिभिजनबाट प्रसारित सांगीतिक रियालीटी सो बाइबाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले घर बनाउन सहयोग गरेको छ । सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए । उनको आफनो गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त सहयोग गरेको हो ।
सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङ्ग स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इण्डष्ट्रीजका कार्यकारी निर्देशक मोहित केडियाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्