जलेश्वर उद्योग वाणिज्य संघमा सिंह «

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह

महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी भएका छन् । सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा विजयी भएको निर्वाचन अधिकृत सुरेशकुमार लालले जानकारी दिए । विजयी सिंहले ८८५ तथा प्रतिद्वन्द्वी साहले २०५ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा विनोदकुमार साह, महासचिवमा शिवचन्द्र चौधरी, सचिवमा रञ्जीतकुमार चौधरी र कोषाध्यक्षमा छेदी चौधरी विजयी भएका छन् । एक महिलासहित १० सदस्यमा आदित्यकुमार साह, चन्दनकुमार साह (क) चन्दनकुमार साह (ख), विजयकुमार साह, प्रदीपकुमार चौधरी, नारायणप्रसाद गुप्ता, सरोजकुमार चौधरी, सुवास बिच्छा, राकेशकुमार साह र विणाकुमारी साह विजयी हुनुभएको निर्वाचन अधिकृत लालले बताए ।
जलेश्वर उद्योग वाणिज्य संघको जम्मा १५ पदका लागि निर्वाचन भएकामा अध्यक्षमा विजयी सिंह एक जना पुरुष सदस्यबाहेक सबै पदमा समूहसहित नै विजयी भएका हुन् । माघ ३ गते सम्पन्न संघको निर्वाचनमा एक हजार २३० मतदाता रहेकामा एक हजार १३५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्