एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु «

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु

अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकताअनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसै अवस्थाबीचएनसेलले हाल सञ्चालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडी बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ ।
नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनका लागि १४९ रुपैयाँबाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्