सेयर बजार विश्लेषक भट्टराइको सेयर मन्त्र सार्वजनिक «

सेयर बजार विश्लेषक भट्टराइको सेयर मन्त्र सार्वजनिक

सेयर बजार विश्लेषक रविन्द्र भट्टराइले ‘सेयर मन्त्र’ नामक सेयर बजार सम्बन्धि नयाँ किताव बजारमा ल्याएका छन् । आमाको हातबाट फेसबुकमार्फत भट्टराइले नयाँ किताब सार्वजनिक गरेका हुन् । यो किताबले सर्वसाधारणमा सेयर बजार सम्बन्धि रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराइले दाबी गरेका छन् ।
लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।
भट्टराइका अन्य पुस्तक भन्दा यो पुस्तक फरक भएको उनले बताएका छन् । भट्टराइले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयरबाट करोडपति जस्ता सेयर बजार सम्बन्धि पुस्तकहरु यसअघि नै प्रकाशित भइसकेका छन् । त्यस्तै, सेयर बजार सम्बन्धि आशा नामको चलचित्र निर्माण र दोहोरी गीतसमेत उनले ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्