एनआईसी एशिया लघुवित्त वित्तीय संस्था मर्जरको अन्तिम सम्झौता पारित

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई साधारणसभाले पारित गरेको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइतबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मर्जरसम्बन्धी अन्तिम सम्झौता पारित गरेको हो । साधारणसभाले सर्वसाधारण सेयरधनी समूहबाट शशांक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई सञ्चालक पदमा निर्विरोध नियुक्त गरेको संस्थाले जनाएको छ ।
संस्था स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको लघुवित्तले जनाएको छ । लघुवित्तले १२० शाखा कार्यालयहरुबाट करिब ४७ हजार सदस्यसहित करीब ३६ हजार कर्जा सेवाग्राहीहरुलाई सेवा दिइरहेको जानकारी दिएको छ ।