चीनले अमेरिकालाई विश्वकै ठूलो अर्थतन्त्रमा सोंचे भन्दा अगावै उछिन्ने «

चीनले अमेरिकालाई विश्वकै ठूलो अर्थतन्त्रमा सोंचे भन्दा अगावै उछिन्ने

बेइजिङ-विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले विश्वकै ठूलो अर्थतन्त्रमा सोँचे भन्दा अगावै अमेरिकालाई उछिन्ने भएको छ । यो वर्ष चीनको जीडीपी ८.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ । यो उसको समकक्षी अमेरिकाको भन्दा बढी भएको ब्लूमबर्गले अर्थशास्त्रीहरुमाझ गरेको सर्भेले देखाएको छ ।
२०२० मा विश्वका ठूला अर्थतन्त्रहरु मध्ये संकुचन छल्न सक्ने एक मात्र भनेको चिनियाँ अर्थतन्त्र हो । पछिल्लो सर्भे अनुसार चीनले अमेरिकालाई २०२८ मा उछिन्ने ब्रुकिङ इन्सटिच्यूटका उप निर्देशक होमी खारासले बताएका छन् । यो समय सुरुको अनुमान भन्दा २ वर्ष अगाडि हो ।
यो सताब्दीमा विश्व अर्थतन्त्रमा चीनको हिस्सा तीव्र दरमा वृद्धि भएको छ । गत वर्ष विश्वव्यापी उत्पादन ४.२ प्रतिशतले घटेको थियो । यस हिसाबमा २०१० मा डलर मूल्यका आधारमा १४.५ प्रतिशत रहेकोमा हाल सो भन्दा माथि पुगेको छ ।
उनले एसिया र युरोपसँग बेइजिङको आर्थिक सम्बन्ध गहन हुदै गएको र अर्को चरणको वृद्धिका लागि उसले आन्तरिक खपतमा जोड दिन थालेको बताएका छन् ।
नयाँ वर्षमा वासिङटन आन्तरिक अस्थिरतासँग संघर्ष गरिरहेकाले समय र परिस्थिति चीनको पक्षमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्