कोरोना महामारीले हङकङको बेरोजगारी दर १६ वर्षकै उच्च «

कोरोना महामारीले हङकङको बेरोजगारी दर १६ वर्षकै उच्च

हङकङको बेरोजगारी दर १६ वर्षकै उच्चमा पुग्न सक्ने देखिएको छ । विश्वव्यापी वित्तीय केन्द्रको रुपमा रहेको यो शहर अझैपनि महामारीसँग जुझिरहेको शहरका वित्तीय सेक्रेटरीले बताएका छन् ।
हङकङको अर्थतन्त्र कोभिड–१९ संकटबाट सुधार हुदै बढ्न थालेको भएपनि यहाँको श्रम बजार अझैपनि व्यापक दबाबमा रहेको वित्त सेक्रेटरी पाउल चान मो पोले बताएका छन् ।
गत वर्षको अन्तिम त्रैमासमा शहरको बेरोजगार मानिसको संख्या १६ वर्षकै उच्च पुगेको हुन सक्ने उनले बताए । अन्तिम त्रैमासको आधिकारिक तथ्यांक मंगलबार सार्वजनिक गरिने तय भएको छ । तेस्रो त्रैमासमा पनि हङकङको बेरोजगारी दर झन्डै १६ वर्षकै उच्च थियो । यो अघिल्लो त्रैमासको ६.१ प्रतिशतबाट बढेर ६.४ प्रतिशतमा पुगेको थियो ।
श्रम बजारलाई सहयोग गर्ने लगायतका कार्यक्रमका बावजुद रोजगारी दरमा गिरावट आएको चानले बताए । गत वर्षको दंगाले रोजगारी क्षेत्रमा अभैmपनि असर छोडिरहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्