सातौं महिला उद्यमी सम्मेलनको आयोजना «

सातौं महिला उद्यमी सम्मेलनको आयोजना

नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौंमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागी रहेको उक्त कार्यक्र नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।
लक्ष्मी बैंकको प्रायोजनमा नेपालकै पहिलो भर्चुल महिलाउद्यमी सम्मेलन–२०२१ आयोजना गरिएको छ । कार्यक्रम ‘वुमन हु इन्सपायरः इन द टाइम अफक्राइसिस, लुक्स फर अपरचुनिटीज’ भन्ने नाराका साथ आयोजनागरिएको थियो । कार्यक्रमले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । कार्यक्रममा जम्मा भएको रकम दिदी फाउन्डेशनलाई हस्तान्तरण गरिने छ ।
कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीलगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका विभिन्न उदयमान संस्थाहरु, खानपिन, स्वीट फिक्स, अजिस लगायत वर्कहव जस्ताको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङगेलले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न नेपालको हरेक क्षेत्रमा महिलाको सहभागीता हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्