अमेरिकी सरकारले चीनबाट आउने सामग्रीमा थप प्रतिबन्ध लगाओस्ः ट्रम्प «

अमेरिकी सरकारले चीनबाट आउने सामग्रीमा थप प्रतिबन्ध लगाओस्ः ट्रम्प

वासिङटन-कार्यालयको समय केही दिन मात्रै बाँकि रहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङ बिरुद्ध अर्को कदम उठाएका छन् । उनले सरकारी निकायहरुलाई चिनियाँ सामग्री र सेवाहरुको खरिदलाई कम गर्ने प्रयास अगाडि बढाउन आदेश दिएका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले गरेको घोषणामा कानुन र नियमन तथा सम्भावित कार्यकारी कदम समीक्षा गर्ने विषय उल्लेख गरेका छन् । अमेरिकी सरकारको व्यक्तिगत अभिलेख, सैन्य योजना, साइबर र अन्य अर्थको अन्य सूचनामा चीनले निशाना बनाउने प्रयास गरेसँगै अमेरिकाको यस्तो प्रयास आएको हो ।
“यसका लागि अमेरिकाले अमेरिकी स्वार्थको रक्षाका लागि प्रतिउत्तरको व्यवहारको कदम उठाउनु पर्छ,”ब्रायनले विज्ञप्तिमार्फत बताए । चीन एकल राष्ट्रिय सुरक्षा चुनौती भएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्