विश्वव्यापी स्मार्टफोन बजारमा ९ प्रतिशतको संकुचन «

विश्वव्यापी स्मार्टफोन बजारमा ९ प्रतिशतको संकुचन

वासिङटन-कोरोनाभाइरस महामारीले विश्वव्यापी अर्थतन्त्रमा असर पारेसँगै गत वर्ष स्मार्टफोनको विश्वव्यापी बिक्रीमा झन्डै ९ प्रतिशतको कमी आएको डिजिटाइम्स रिसर्चको विश्लेषणले देखाएको छ ।
२०२० को सुरु तीन महिनाको अवधिमा सबैभन्दा बढी गिरावट आएको थियो । उक्त समयमा स्मार्टफोनको बिक्रीमा झन्डै २० प्रतिशतले कमी आएको थियो । दोस्रो त्रैमासमा पनि बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।
जुलाईदेखि सेप्टेम्बरको अवधिमा भने ओरालो लाग्ने क्रम एकल अंकमा झरेको थियो । यद्यपि, गत वर्षको अन्तिम तीन महिनाको अवधिमा बजारमा सुधारको सुरुवात भएको डिजिटाइम्सको रिसर्चको तथ्यांकले देखाएको छ । डिजिटाइम्सले गत साताको सुरुमा उक्त तथ्यांक सार्वजनिक गरेको थियो ।
२०२० को पुरै वर्षमा कम्पनीहरुले १.२४ अर्ब थान स्मार्टफोन ढुवानी गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशत भन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस्