राष्ट्र बैंकलाई आरटीजीएस सिस्टम हस्तान्तरण «

राष्ट्र बैंकलाई आरटीजीएस सिस्टम हस्तान्तरण


नेपाल राष्ट्र बैंकलाई आरटीजीएस सिस्टम हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय विकसा साझेदार निकाय डिएफआइडीको सहयोगमा एक्सेस टु फाइनान्सअन्तर्गतको यूकेएड सक्षमसँगको सहकार्यमा नेपालमा आरटीजीएस सिस्टम लागू हुँदै आएको छ ।
राष्ट्र बैंकको मुख्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम) तथा मोडुलर डाटा सेन्टर औपचारिक रुपमा केन्द्रीय बैंकले लिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, नेपालस्थित वेलायती राजदूतावासका प्रतिनिधि रोब क्लार्क, यूकेएड सक्षमका प्रतिनिधि तथा राष्ट्र बैंकका पदाधिकारीहरू उपस्थित थिए । युकेएड सक्षमका तर्फबाट नेतृत्व गरेका निर्मल दाहालले आरटीजीएस तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त धारणा राखेका थिए ।
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटीजीएस सिस्टममार्फत हुने कारोवार हाल मासिक औसत १३ खर्ब बराबर रहेको जानकारी दिए । यो सिस्टममा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्