इजी ट्याक्सी नेपाल र प्रभु इन्स्यारेन्सबीच सम्झौता «

इजी ट्याक्सी नेपाल र प्रभु इन्स्यारेन्सबीच सम्झौता

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बिमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो ।
इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे । प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तरगत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी धनीहरुलाई बिमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रुपमा फछ्र्यौट गरिने बताए ।
कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बिमा सेवा सुविधाको लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् । इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीहरुको बिमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्