पोखरा फाइनान्सको लाभांश पारित «

पोखरा फाइनान्सको लाभांश पारित

पोखरा फाइनान्सको २४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६-०७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्तापुँजी ९६.३१ करोड पुगेको छ ।
सभाले आव २०७७-०७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने विषयमा आवश्यक सहमति र सम्झौतालगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।
पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्